२०८३ वैशाख ३ , बिहीबार

वीरेन्द्रनगरमा अज्ञात गाडीको ठक्करबाट एक जनाको मृत्यु



सुर्खेत। सुर्खेतको वीरेन्द्रनगरमा गाडीको ठक्करबाट एक जनाको मृत्यु भएको छ। शनिवार बिहान करिब ५ बजेको समयमा वीरेन्द्रनगर नगरपालिका–१ स्थित टेम्पो पार्क नजिक अज्ञात गाडीको ठक्करबाट दैलेखको डुङ्गेश्वर गाउँपालिका–५ का ४३ वर्षीय जंगबहादुर बुढाको मृत्यु भएको हो।

प्रहरीका अनुसार मदिरा सेवन गरेका बुढा सडकमा सुतिरहेको अवस्थामा अज्ञात गाडीले ठक्कर दिँदा गम्भीर घाइते भएका थिए। उनलाई उपचारका लागि प्रदेश अस्पताल सुर्खेत लगिएको थियो। उपचारकै क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी तथा प्रहरी निरीक्षक दीपक मगराठीले खबरदृष्टिलाई जानकारी दिए ।

उनकाअनुसार अनुसार हालसम्म ठक्कर दिने गाडीकाे पहिचान हुन सकेको छैन। ‘मदिरा सेवन गरेर सडकमा सुतिरहेको अवस्थामा गाडीले किचेको भन्ने प्रारम्भिक जानकारी छ,’ उनले खबरदृष्टिसँग भने, ‘कुन गाडीले ठक्कर दिएको हो भन्ने खुल्न बाँकी छ। बिहानैदेखि आसपासका सिसिटिभी क्यामेराको फुटेज हेर्ने काम भइरहेको छ। घाइतेको प्रदेश अस्पतालले मृत घोषणा गरिसकेको छ ।,’ घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २०८२ पुस १२ गते शनिबार