२०८३ वैशाख ३ , बिहीबार

वीरेन्द्रनगरमा पैदलयात्रीलाई ठक्कर दिने फोर्स गाडी र धनी पक्राउ, चालक अझै फरार

प्रहरी स्रोतका अनुसार सो गाडीलाई शंका लागेर आइतवार दिउँसो १२ बजेकाे समयमा जाजरकोटबाट सुर्खेततर्फ आउँदै गर्दा बोटेचौरबाट नियन्त्रणमा लिइएको हो । ‘गाडी चालक नभएको र यही गाडीले ठक्कर दिएको हो भन्ने केही आधार देखेर नियन्त्रणमा लिएका हाैँ ।’ प्रहरी स्रोतले खबरदृष्टिसँग भन्यो, ‘गाडीसँगै हामीले गाडी धनी सिम्ता गाउँपालिका ६ बस्ने वर्ष ३५ का लोकबहादुर विसीलाई पनि नियन्त्रणमा लिन सफल भएका छौँ ।,’


सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा पैदलयात्रीलाई ठक्कर दिएर फरार भएको फोर्स गाडी र गाडीधनीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । शनिवार बिहान ५ बजे वीरेन्द्रनगर १ बाँगेसिमल टेम्पोपार्क नजिकै पैदलयात्रीलाई ठक्कर दिई फरार रहेको लु २ ख ५७८३ नम्बरको फोर्स गाडीलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

प्रहरी स्रोतका अनुसार सो गाडीलाई शंका लागेर आइतवार दिउँसो १२ बजेकाे समयमा जाजरकोटबाट सुर्खेततर्फ आउँदै गर्दा बोटेचौरबाट नियन्त्रणमा लिइएको हो । ‘गाडी चालक नभएको र यही गाडीले ठक्कर दिएको हो भन्ने केही आधार देखेर नियन्त्रणमा लिएका हाैँ ।’ प्रहरी स्रोतले खबरदृष्टिसँग भन्यो, ‘गाडीसँगै हामीले गाडी धनी पनि नियन्त्रणमा लिन सफल भएका छौँ ।,’

गाडी धनी सिम्ता गाउँपालिका ६ बस्ने वर्ष ३५ का लोकबहादुर विसी रहेको प्रहरी स्रोतले खबरदृष्टिलाई बतायो । स्रोतका अनुसार गाडी चालक दैलेख स्थायी घर भई हाल वीरेन्द्रनगर २ बस्दै आएका ३२ वर्षीय डिल्लीराज कँडेल भने फरार रहेका छन् । उनको खोजी कार्य तीव्र रूपमा भइरहेको प्रहरीले जनाएको छ ।

शनिवार गाडीको ठक्करबाट दैलेखको डुङ्गेश्वर गाउँपालिका–५ का ४३ वर्षीय जंगबहादुर बुढाको उपचारका क्रममा मृत्यु भएको थियो । जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी उपरीक्षक सुधीरराज शाहीले घटनाबारे अनुसन्धान जारी रहेकाले हाल विस्तृत विवरण दिन नमिल्ने बताए । अनुसन्धान सम्पन्न भएपछि प्रेस विज्ञप्तिमार्फत सबै जानकारी सार्वजनिक गरिने उनले बताए ।

वीरेन्द्रनगरमा अज्ञात गाडीको ठक्करबाट एक जनाको मृत्यु

प्रकाशित मिति : २०८२ पुस १३ गते आइतबार