
सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१२ स्थित ढकालचोक नजिकै बोलेरो डबल क्याप जीप दुर्घटना हुँदा तीनजना घाइते भएका छन्। कर्णाली प्रदेश ०२–००१ च ०५८२ नम्बरको जीप सोमबार दिउँसो करिब ४:१५ बजेको समयमा दुर्घटनामा परेको हो।
दुर्घटनामा घाइते भएकाहरूको अवस्था र परिचय खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ। घटनाबारे थप विवरण आउन बाँकी रहेको र दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।
प्रकाशित मिति : २०८२ पुस १४ गते सोमबार