सुर्खेत । सुर्खेतको भेरीगंगामा बाघको आक्रमणबाट एकजनाको मृत्यु भएको छ। बाघको आक्रमणबाट भेरीगंगा नगरपालिका– ५ गेरबानी नरबहादुर सारुकी श्रीमती ५७ वर्षीया गंगा सारुको मृत्यु भएको हो ।
मंगलबार कसैलाई जानकारी नगराई घरबाट निस्केकी गंगाको शव बुधबार बिहान ९ बजेतिरघरदेखि अन्दाजी सय मिटर उत्तरतिर सालघारीमा भेटिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रमुख सुधिरराज शाहीले बताए।
दुई नातिनीहरुले सारुले लगाएका कपडा र चप्पलसहित रगत देखेका थिए। त्यसको ६ सय मिटर पूर्वतर्फ टाउको भेटिएको शाहीले जानकारी दिए। घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति : २०८२ पुस २३ गते बुधबार