कर्णालीमा चालु आर्थिक वर्षमा ८० लाख बरारबरको सामान बरामद

खबर दृष्टि
खबरदृष्टि १६ चैत्र २०७९, बिहीबार ०९:००
फाईल तस्बिर

सुर्खेत । कर्णाली प्रदेशका विभिन्न जिल्लाबाट प्रहरीले यस चालु आर्थिक वर्ष २०७९/०८० को असार मसान्तदेखि हालसम्ममा ८० लाख भन्दा बढी मूल्य पर्ने भन्सार छलीका सामान बरामद गरेको छ । कर्णाली प्रदेश प्रहरी कार्यालयले दिएको जानकारी अनुसार कर्णालीका १० जिल्लाबाट ८० लाख ६५ हजार २ सय १० रुपैयाँ बराबरका भन्सार छलीका सामान बरामद भएको हो । गत आर्थिक वर्ष २०७८/०७९ एक करोड, ७७ लाख २ हजार ६ सय ७५ रुपैयाँ बराबरको सामान बरामद गरेको थियो ।

 

आर्थिक वर्ष ०७८/०७९ मा सुपरपावर सुर्ती, चिनी, कोल्ड ड्रिंक, खुद्धा सामान, कुर्ता सुरुवाल, धोती, तन्ना ईलोक्टोनिक्स सामान, निर्माण सामागी, मोटरसाईकल, चाँदी लगायतका सामान बरामद गरेकोमा यस चालु आर्थिक वर्षमा प्रहरीले लत्ता कपडा, खाद्यान्न, प्लाष्टिक, प्लास्टिकका भाँडाकुडा, सुर्ती, गुटखा, चिनी, गाडि , कस्मेटिक सामान, मोवाईल र रासायनिक मल गरी ८० लाख रुपैयाँ बराबरको सामान बरामद गरेको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता माधवप्रसाद श्रेष्ठले जानकारी दिए । उनका अनुसार सबैभन्दा बढी सामान बरामद  सुर्खेत हुने गर्दछ ।

Next Post

चितवन २ मा श्रेष्ठ र तनहुँ १ मा भट्टराईलाई उम्मेदवार बनाउने कांग्रेसको निर्णय

१६ चैत्र २०७९, बिहीबार ०९:००
काठमाडौं । नेपाली कांग्रेसले चितवन क्षेत्र नं. २ मा प्रतिनिधि सभा सदस्यका लागि जीतनारायण श्रेष्ठलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको कार्यसम्पादन समितिको बैठकले श्रेष्ठलाई उम्मेदवार बनाउने निर्णय गरेको हो । चितवन २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने निर्वाचित भएका थिए । तर […]
September 2025
M T W T F S S
1234567
891011121314
15161718192021
22232425262728
2930