काठमाडौं । एसीसी प्रिमियर कप अन्तर्गत जारी फाइनल खेलमा नेपालले दोस्रो सफलता हासिल गरेको छ । करण केसीले नेपाललाई दोस्रो सफलता दिलाएका हुन् । करणले युएईका भृत्य अरविन्दलाई ८ रनको स्कोर मा आउट गरे ।
त्यसअघि यूएईका ओपरन मोहमद वासिमलाई आउट गर्दै सोमपाल कामीले नेपाललाई पहिलो सफलता दिलाएका थिए । त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला फिल्डिङ रोजेको नेपालका लागि आफ्नो दोस्रो स्पेल बलिङमा आएका सोमपालले वासिमलाई आउट गर्दै महत्वपूर्ण विकेट लिए ।
८ बल खेलेर ११ रन बनाएका वासिमलाई सोमपालले ललित राजवंशीबाट क्याच आउट गरे । ताजा अवस्थामा युएईले ७।१ ओभरमा २ विकेट गुमाएर ३४ रन बनाएको छ ।
प्रकाशित मिति : २०८० वैशाख १८ गते सोमबार