सुर्खेत । भेरीगंगा नगरपालिका-१३ रामघाटबाट प्रहरीले दुईजना बहुविवाह मुद्धाका फरार अभियुक्तलाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय छिन्चुबाट सादा पोसाकमा घटिएको प्रहरीको टोलीले उनीहरुलाई सोमबार राति ९ बजेको समयमा पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा भेरीगंगा नगरपालिका-१३ बस्ने वर्ष ४२ का दिपक बि.क र उनकी श्रीमती वर्ष ३३ कि शान्ति बिक रहेकी छन् । उनीहरुलाई जिल्ला अदालत सुर्खेतले २०७० माघ -१२ गते एक वर्ष कैदसजाय सुनाएको थियो । पक्राउ परेका दुबैजनालाई मंगलवार जिल्ला अदालत सुर्खेत पेश गरिएको छ ।