सुर्खेत । कांग्रेस सहमहामन्त्री महेन्द्र यादवमाथि खुकुरी प्रहार भएको छ। बुधबार काठमााडौंको रिपोटर्स क्लबमा उनी माथि खुकुरी प्रहार भएको महानगरीय प्रहरी परिसर काठमााडौंका प्रवक्ता एसपी कुमोद ढुंगेलले पुष्टि गरे।
नुवाकोट घर भएका श्याम सापकोटाले उनीमाथि खुकुरी प्रहार गरेका हुन। रिपोर्टस क्लबबाट बाहिरिने क्रममा उनीमाथि आक्रमण भएको थियो। उनीलाई उपचारका लागि अहिले वीर अस्पताल पुर्याइएको छ।