२०८३ जेठ २५ , सोमबार

जिल्ला प्रशासन कार्यालय सुर्खेत अगाडि गृहमन्त्री र भौतिक पूर्वाधारमन्त्रीको पुतला दहन



सुर्खेत । सुर्खेतमा उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको पुतला जलाइएको छ । शुक्रबार ललितपुरको बालकुमारीमा प्रहरीसँगको झडपमा दैलेख र अछामका दुई युवाको मृत्यु भएपछि सोमबार त्यसको विरोधमा उत्रिएका आफन्तहरूले जिल्ला प्रशासन कार्यालय सुर्खेत अगाडि गृहमन्त्री श्रेष्ठ र भौतिकमन्त्री ज्वालको पुतला जलाएका हुन् ।

शुक्रबार साँझबाट सुरु भएको आन्दोलनमा गृहमन्त्री श्रेष्ठ र भौतिकमन्त्री ज्वालाको राजीनामा माग गर्दै प्रदर्शन जारी छ । पीडित पक्षले घटनाका दोषीलाई कारबाही गर्नुपर्ने, गृहमन्त्री श्रेष्ठ र भौतिक पूर्वाधारमन्त्री ज्वालाले राजीनामा दिनुपर्ने, मृतकलाई शहीद घोषणा गर्नुपर्ने, परिवारको आजीवन जीवन सुरक्षाको ग्यारेन्टी हुनुपर्नेलगायतका माग अघि सारेका छन् । आन्दोलनका कारण सुर्खेतमा सरकारी सवारी साधन चलाउन पूर्ण रूपमा रोक लगाइएको छ ।

प्रकाशित मिति : २०८० पुस १६ गते सोमबार