२०८३ वैशाख २६ , शनिबार

भूमिहीनहरुलाई जुर्मुराएर उठ्न एमाले नेता तिमिल्सिनाको अपील : वीरेन्द्रनगरको वडा नं १ र २ मा संघर्ष समिति गठन



सुर्खेत २३ साउन

भूमि सम्बन्धि समस्या समाधान आयोग पुन स्थापना संघर्ष समिति बीरेन्द्रनगरको वडा नं १ मा गठन भएको छ। भूमिहीनहरुको भेलाले स्थानीय ज्ञानेन्द्र सुनारको संयोजकत्वमा ३ सय ६० सदस्यीय संघर्ष समिति गठन गरेको छ ।

संघर्ष समितिका सदस्यहरुमा, नरजित नेपाली , मिलन नेपाली, रबिलाल बि.क, यामलाल बि.क, गंगा भन्डारी , रिठु सुनार , कृष्णप्रसाद तिमिल्सेना रहेका छन्।

यसैगरी, नमराज आचार्य , देबराज बि.क, तारा बि.क , रुकमा दमाई, रबिलाल सिर्पाली, खेमराज बिक , जीवन गहतराज, बिमला नेपाली, भद्रा काफ्ले, निरक नेपाली, सुस्मा पौडेल, भिमवहादुर बिक, तुलवहादुर नेपाली, चन्द्रवहादुर नेपाली, कौशिला बयलकोटी लगायतका सदस्यमा चयन भएका छन्।

भेलामा सहभागी भूमिहीनहरुले आफुहरुलाई सरकारले वेवास्ता गरेको भन्दै आयोग खारेज नगर्न र छिटो भन्दा छिटो पूर्जा वितरण नगर्न माग गरे।

आजै, वीरेन्द्रनगरको वडा नं ४ मा नामबहादुर कामीको संयोजकत्व र चन्द्रा बि क सह-संयोजक रहेको ५ सय ४५ सदस्यीय भूमिहीन आयोग पुनःस्थापना संघर्स समिति गठन भएको छ। भेलाले भोली (आईतवार) वडा कार्यालय, वीरेन्द्रनगर पालिका कार्यालय र जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र दिने निर्णय गरेको छ। भेलाले आयोग पुनःस्थापना नभएसम्म आन्दोलन जारी राख्ने निर्णय समेत गरेको छ।

सरकारले गरेको आयोग खारेज गर्ने निर्णय प्रती प्रतिकृया दिदै नेकपा एमाले सुर्खेतका नेता गंगाराम तिमिल्सिनाले सरकारले गरेको भूमिहीन आयोग खारेज गर्ने निर्णयले भूमिहीनहरुको समस्या फेरि जस्ताको तस्तै रहने अवस्था आएको भन्दै गाउँ गाउँवाट जनता उठ्नु पर्ने वताए ।

उनले वर्तमान सरकार गरिवमारा भएको आयोग खारेजीको निर्णयले प्रष्ट भएको वताए। नेकपा एमालेले भूमिहीनहरुलाई जमीनको मालिक वनाउने नीति लिएको र यसले आगामी निर्वाचनमा एमालेको विजयलाई कसैले रोक्न नसक्ने भन्दै अधिकार प्राप्तिको आन्दोलनमा भूमिहीनहरुलाई जुर्मुराएर उठ्न अपील गरे ।

प्रकाशित मिति : २०७८ साउन २३ गते शनिबार