देश र जनताको लागि दलहरू बलियो हुनुपर्छ : पूर्व राष्ट्रपति भण्डारी

खबरदृष्टि सम्वाददाता २१ फाल्गुन २०८०, सोमबार १५:१९

सुर्खेत । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले लोकतन्त्रमा देश र जनताको उन्नति, प्रगतिका लागि दलहरू बलियो हुनुपर्ने बताएकी छन् । सुर्खेतको वीरेन्द्रनगरमा सोमबार पाँच शय्याको महिला तथा बालबालिका नगर अस्पतालको उद्घाटन गर्दै पूर्व राष्ट्रपति भण्डारीले देशको राजनीति ठिक ढंगले अघि बढाउन पनि दलहरू बलियो बन्नुपर्ने बताएकी हुन् ।

उनले लोकतन्त्रका तत्त्वहरू भनेको राजनीतिक दलहरू भएकाले दलहरू कमजोर भएमा देश कमजोर हुने बताइन् । उनले दलहरूले निश्चित आ–आफ्नो मूल्य मान्यता र आर्दश बोके पनि देश र जनताका लागि राजनीतिक पार्टीहरूले सिद्धान्तनिष्ठ रुपमा कर्तव्य पुरा गर्न आग्रह गर्नुहुँदै दलहरू पूर्वाग्रहबाट माथि उठ्नुपर्ने बताइन् ।

पूर्व राष्ट्रपति भण्डारीले आजका बालबालिका परिवार, समाज र राष्ट्रको जिम्मेवारी बहन गर्ने भविष्यका कर्णधार भएको उल्लेख गर्नुहुँदै महिला तथा बालबालिकाको क्षेत्रमा सोचेजस्तो प्रगति हुन नसकेको उल्लेख गरिन् ।

उनले मातृ शिशु स्वास्थ्य कार्यक्रमलाई प्रभावकारी बनाउन वीरेन्द्रनगर नगरपालिकाको लगानीमा सञ्चालनमा ल्याइएको ५ शय्याको महिला तथा बालबालिका अस्पताललाई सेवा सुविधा विस्तार गरी ५ सय शय्यासम्म पुर्‍याउन आग्रह गरिन् ।

Next Post

हराउँछन् धेरै, तर भेटिन्छन् थोरै

२१ फाल्गुन २०८०, सोमबार १५:१९
कुलेन्द्र शाही, सुर्खेत । बालबालिका हराउने र नभेटिने तथ्यांक डरलाग्दो छ, जसमा बालिका धेरै छन् । पछिल्ला सात वर्षमा कर्णालीमा २ हजार बढी बालबालिका हराएका छन् । कर्णालीका दश जिल्लाका २ हजार १ सय ८८ बालबालिका हराएको तथ्याङ्गक कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ । जसमध्ये ३ सय १२ अझै […]
January 2025
M T W T F S S
 12345
6789101112
13141516171819
20212223242526
2728293031