२०८३ वैशाख ३० , बुधबार

कर्णाली सरकारबाट बाहिरियो कांग्रेस, समर्थन पनि फिर्ता



सुर्खेत ।  कर्णाली प्रदेश सरकारमा सहभागी नेपाली कांग्रेसका तीन जना मन्त्रीहरूले राजीनामा दिएका छन् । उनीहरुले मंगलबार दिउँसो पत्रकार सम्मेलन गर्दै राजीनामा दिंदै सरकारबाट बाहिरिएको जानकारी दिएका हुन् ।

अर्थमा बेदराज सिंह, सामाजिक विकासमा खड्गबहादुर पोख्रेल र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा कृष्ण कुमार बिसीले मुख्यमन्त्री राजकुमार शर्मासमक्ष राजीनामा बुझाएका हुन् ।

माओवादीका मुख्यमन्त्री राजकुमार शर्मालाई दिएको समर्थन पनि फिर्ता लिएको उनीहरूले पत्रकार सम्मेलनमार्फत जानकारी गराएका छन् ।

प्रकाशित मिति : २०८० फागुन २२ गते मंगलबार