राष्ट्रिय युवा संघ नेपाल बीरेन्द्रनगर वडा नं १ को कमिटी गठन, युवा भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रमको प्रमुख अतिथि एवम् राष्ट्रिय युवा संघ नेपाल सुर्खेतका जिल्ला अध्यक्ष कमल खड्का(जुनी) ले देशभर एमाले प्रतिकाे अाकर्षण वढ्दै गईरहेकाे भन्दै अागामी वैशाख ३० गते हुने स्थानीय तहकाे निर्वाचनमा युवाहरूको सम्पूर्ण शक्ति परिचालन गरेर नेकपा एमालेका उम्मेदवारहरुलाई विजयी वनाउनु पर्ने धारणा राखेका थिए।
उक्त कार्यक्रमकाे अध्यक्षता नेकपा एमाले वीरेन्द्रनगर वडा नं १ कमिटीका अध्यक्ष हरि पौडेलले गरेका थिए । विशेष अतिथि नेकपा एमाले सुर्खेतका अध्यक्ष अमृतकुमार बिसी र नेकपा एमाले अनुशासन आयोगका सदस्य बालाराम शर्मा, जिल्ला कमिटी सदस्य कमल बि.सी. लगायतका नेताहरुले युवा संघकाे ईतिहास र यसको अाैचित्यका वारेमा प्रशिक्षण दिएका थिए।
भेलाले कुमार बिककाे संयोजकत्वमा युवा संघ वीरेन्द्रनगर वडा नं १ काे ३५ सदस्यीय वडा कमिटीसमेत चयन गरेको छ।
प्रकाशित मिति : २०७८ माघ २९ गते शनिबार