सुर्खेत । कर्णाली प्रदेशका प्रमुख यज्ञराज जोशीले कार्यभार सम्हालेका छन् । चौथो प्रदेश प्रमुखका रूपमा उनले शुक्रबार कार्यभार सम्हालेका हुन् ।
यही साउन १४ गतेको मन्त्रिपरिषद् बैठकले उनलाई प्रदेश प्रमुखमा नियुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । विक्रम संवत् २००६ चैत २५ गते बझाङको भातेखोलामा जन्मिएका प्रदेश प्रमुख जोशी नेपाली कांग्रेसमा आबद्ध थिए ।
यसअघि कर्णालीमा तिलक परियार प्रदेश प्रमुख थिए । उनीलाई पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले नियुक्त गरेको थियो ।