वीरेन्द्रनगर नगरपालिकाले नगर प्रहरी भर्ना गर्दै

खबर दृष्टि
खबरदृष्टि सम्वाददाता १४ कार्तिक २०८१, बुधबार ११:३६

सुर्खेत । वीरेन्द्रनगर नगरपालिकाले करारमा नगर प्रहरी भर्ना गर्ने निर्णय गरेको छ। बुधबार एक सूचना जारी गर्दै नगरपालिकाले २७ जना करारमा नगर प्रहरी भर्ना गर्न लागेको जानकारी दिएको हो ।

प्रस्तुत विषयमा यस कार्यालयको नगर प्रहरी सेवाको गठन, सञ्चालन र सेवा सर्तसम्बन्धी व्यवस्था गर्न बनेको ऐन, २०७९ बमोजिम देहायको पदमा खुला प्रतिस्पर्धात्मक प्रक्रियाबाट करार सेवामा पदपूर्ति गर्नुपर्ने भएकाले योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरूले यो सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र यस कार्यालयको प्रशासन शाखामा आवेदन दिनहुन यो सूचना प्रकाशित गरिएको छु’ नगरपालिकाद्वारा जारी सूचनामा भनिएको छ ।

नगरपालिकाले प्रहरी निरीक्षकको कमाण्डमा नगर प्रहरी नायब निरीक्षक एक, नगर प्रहरी सहायक निरीक्षक दुई, नगर प्रहरी हवल्दार तीन, नगर प्रहरी जवान (हेभी सवारी चालक) दुई र नगर प्रहरी जवानमा १८ जनाको दरखास्त माग गरेको छ ।

Next Post

शिवालयमा पहिलो पटक ‘जनप्रतिनिधिसँग युवाहरुको साक्षात्कार’ कार्यक्रम हुँदै

१४ कार्तिक २०८१, बुधबार ११:३६
सुर्खेत । जाजरकोटको शिवालय गाउँपालिकामा पहिलो पटक युवाहरुको साक्षात्कार कार्यक्रमको आयोजना गरिने भएको छ । शिवालय युवा जागरण नेपालद्वारा आगामी कात्तिक २१ गते उक्त कार्यक्रमको आयोजना गर्न लागिएको हो । शिवालय गाउँपालिका वडा नम्बर १ देखि ९ सम्मका युवाहरुको समन्वयमा ‘समृद्धि रुपान्तरणका लागि, जुटौं युवा सुधारौं समाज’ भन्ने मूल नाराका […]
May 2025
M T W T F S S
 1234
567891011
12131415161718
19202122232425
262728293031