२०८३ वैशाख २६ , शनिबार

रुसबाट युक्रेनमा पहिलोपटक हाईपरसाेनिक क्षेप्यास्त्र प्रहार



         रुसले युक्रेनमा ‘हाइपरसोनिक’ क्षेप्यास्त्र प्रहार गरेको छ। युक्रेनमा जारी युद्ध लम्विदै जाने संकेत पाएपछि रुसले अब आधुनिक र ठूला हतियार प्रयाेग गर्नसक्ने जनाउसमेत दिएको छ।
युक्रेनकाे भूमिगत अस्त्र भण्डारलाई लक्षित गर्दै हाइपरसोनिक क्षेप्यास्त्र प्रहार गरेको रुसी रक्षा मन्त्रालयले जनाएको छ । युक्रेनसँगको जारी युद्धमा रुसले यस प्रकारको हतियार पहिलो पटक प्रहार गरेको हो ।
हाइपरसोनिक क्षेप्यास्त्रको गति आवाजभन्दा कम्तीमा ५ गुणा बढी हुने भएपनि शनिबार रुसले प्रहार गरेको किन्झाल ब्यालेस्टिक क्षेप्यास्त्रको गति आवाज भन्दा १० गुणा बढी रहेको बताइएको छ। यो क्षेप्यास्त्र १८ सय किलोमिटर टाढाबाट प्रहार गर्न सकिने उल्लेख छ।
रुसकाे हाईपरसाेनिक क्षेप्यास्त्रलाई डिफेन्स राडारहरुले पनि पत्ता लगाउन नसक्ने किसिमले वनाईएकाे छ। शत्रु पक्षले थाहा पाउनु अगावै याे क्षेप्यास्त्रले शत्रुकाे किल्ला भेदन गरि फर्किसकेकाे हुन्छ।
रुसले गत फागुन १२ गते युक्रेनमाथि आक्रमण सुरु गरेपछि दुवै देश अहिले भीषण युद्धमा रहेका छन्। रुसकाे राजधानी किभवाहेकका क्षेत्रमा रुसले नियन्त्रण कायम गरेकाे छ। सुरुमा नाटाे सम्वद्ध देशहरु युक्रेनकाे रक्षार्थ आउने अनुमान गरेको युक्रेन अहिले एक्लै परेको छ।
आर्थिक प्रतिवन्धकाे घाेषणावाहेक अमेरिकाले रुसलाई अन्य दवाव दिन सकेको छैन। अमेरिका युद्धमा हाेमिदा रसियाले आणविक हतियारकाे प्रयाेग गर्न सक्ने अवस्था देखेर विश्व समुदाय त्रसित वनेकाे छ। युद्धमा एक्लै परेको युक्रेनलाई पश्चिमा देशहरुले हतियार तथा आर्थिक सहयोग उपलब्ध गराउँदै आएका छन्।

प्रकाशित मिति : २०७८ चैत ५ गते शनिबार