रवि लामिछानेलाई चितवन ल्याइयाे

खबर दृष्टि
खबरदृष्टि सम्वाददाता १८ मंसिर २०८१, मंगलवार ०९:१०

काठमाडौं । सहकारी बचत ठगी, संगठित अपराधको अनुसन्धानका लागि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई चितवन ल्याइएकाे छ। उनलाई मंगलबार बिहान बुद्ध एयरको जहाजमार्फत् चितवन ल्याइएकाे उनको सचिवालयले जानकारी दिएको छ। सभापति लामिछानेलाई गत मंसिर १३ गते काठमाडौं लगिएकाे थियो।

कालिमाटीमा कार्यालय रहेको स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी समेतको बचत अपचलनको अनुसन्धानका लागि लामिछानेलाई काठमाडौं लगेर बयान लिइएको थियो। सहारा बचत तथा ऋण सहकारी संस्थाको बचत अपचलनको अभियोगमा सभापति लामिछानेविरूद्ध चितवनमा पनि पक्राउ पुर्जी जारी भएको थियो। त्यही अनुसन्धानका लागि उनलाई चितवन ल्याएकाे हो।

गत कात्तिक २ गते सोही अभियोगमा सभापति लामिछानेलाई पार्टी कार्यालयबाट पक्राउ गरी पोखरा ल्याइएकाे थियो। पोखराको सुर्यदर्शन, चितवनको सहारा, बुटवलको सुप्रिम, काठमाडौंको स्वर्णलक्ष्मी, वीरगञ्जको सानो पाइला लगायत सहकारीबाट गोर्खा मिडिया नेटवर्कको नाममा ६५ करोडभन्दा बढी रकम प्रवाह भएको देखिएको छ। सोही प्रकरणमा प्रहरीले सभापति लामिछानेमाथि अनुसन्धान गरिरहेको छ। यसअघि लामिछानलाई रुपन्देही पुर्‍याएर बयान लिइएको थियो।

Next Post

नक्कली सुन देखाएर ठगी गरेको आरोपमा ६ जना पक्राउ

१८ मंसिर २०८१, मंगलवार ०९:१०
मोरङ । नक्कली सुनका गरगहना देखाएर सर्वसाधारणलाई ठगी गरेको आरोपमा प्रहरीले दुई भारतीयसहित ६ जनालाई पक्राउ गरेको छ। यो गिरोहले झापा, मोरङ र सुनसरीका विभिन्न स्थानमा १० जनालाई ठगी गरेको प्रहरीले जनाएको छ। पक्राउ पर्नेमा झापाको तोपगाछी गाउँपालिका–१ का ५२ वर्षीय अशोक तामाङ, अर्जुनधारा नगरपालिका–११ का ५४ वर्षीय प्रविन तामाङ, […]
September 2025
M T W T F S S
1234567
891011121314
15161718192021
22232425262728
2930