२०८३ वैशाख ४ , शुक्रबार

बलिङमा लुम्बिनीको चमत्कार : जनकपुरले दियो १३७ रनको चुनौती



काठमाडौं । नेपाल प्रियिमर लिग एनपीएलमा जनकपुर बोल्ट्सले लुम्बिनी लायन्सलाई १३७ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा जनकपुरले पूरै ओभर खेलेर ९ विकेटको क्षतिमा १३६ रन बनाएको हो ।

जनकपुरका लागि अनिल साहलृे ४५ रन बनाए । उनले ३९ बलमा १ चौका र ४ छक्का प्रहार गरे । शुभ कंसकारले २२ रनमा अविजित रहे । लाहिरु मिलन्थाले २४ र आसिफ शेखले १६ रन बनाए । लुम्बिनीका लागि अभिषेक गौतमले ३, साद बिन जफर र रोहित कुमार पौडेलले २–२ तथा सन्दीप जोराले १ विकेट लिए । टस जितेर लुम्बिनीले पहिले बलिङ रोजेको हो ।

प्रकाशित मिति : २०८१ मंसिर २३ गते आइतबार