२०८३ वैशाख २६ , शनिबार

चिंगाडमा माओवादीकाे पार्टी बैठक तथा प्रशिक्षण



      नेकपा (माओवादी केन्द्र) सुर्खेत आगामी वैशाख ३० गते हुने निर्वाचनमा हाेमिएकाे छ। सुर्खेतका पालिकास्तरीय जनसंगठनका कार्यक्रमहरु गरिरहेको केन्द्रले वडास्तरीय प्रशिक्षण कार्यक्रमहरुसमेत गरिरहेकाे छ।
यसैबीच, माओवादी केन्द्रले चिङ्गाड गाउँपालिकाको बिस्तारित बैठक तथा चुनाबी प्रशिक्षण कार्यक्रम आज गरेको छ। पार्टीका केन्द्रीय सदस्य तथा सुर्खेत जिल्ला इन्चार्ज झकबहादुर मल्लकाे प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम भएको थियाे।
कर्णाली प्रदेश सरकारका उद्योग पर्यटन बन तथा बाताबरण मन्त्री कार्चेन लामाकाे विशेष आतिथ्यतारहेको कार्यक्रममा केन्द्रका कर्णाली प्रदेश कमिटी उपाध्यक्ष कृष्ण जिसी (जितेन्द्र), लोकेन्द्र राना, जिल्ला संयोजक जित बहादुर राना, सचिब टोप बहादुर दर्लामी लगायतले प्रशिक्षण दिएका थिए।
उक्त प्रशिक्षण कार्यक्रममा चिंगाड पालिका इन्चार्ज रेशमबहादुर जिसी लगायतको उपस्थिति रहेको थियोे। कार्यक्रममा नेपाली काङ्ग्रेस र एमाले परित्याग गरि ११ जना स्थानीय व्यक्तिहरु माओवादी केन्द्रमा प्रबेश गरेकाे केन्द्रका कर्णाली प्रदेश उपाध्यक्ष कृष्ण जिसीलेे जानकारी दिए।

प्रकाशित मिति : २०७८ चैत १८ गते शुक्रबार