२०८३ वैशाख २७ , आइतबार

जाजरकोटको एक घरमा आगलागी हुँदा बालकको मृत्यु 



सुर्खेत । जाजरकोटको कुशे गाउँपालिका-८ साँक्टको एक घरमा आगलागी हुँदा बालकको मृत्यु भएको छ। ग्राक्ली बस्ने जनक रोकायको घरमा आगलागी हुँदा उनका १२ वर्षीय छोरा अम्मर रोकायको मृत्यु भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय जाजरकोटका अनुसारगएराति १२ बजेको समयमा ६ कोठा भएको दुइ तले कच्ची घरमा आलगाली भएको थियो। घरको माथिल्लो तलामा खाना बनाउन बालेको आगोबाट एक्कासी आगलागी हुँदा सोही कोठामा सुतिरहेका जनकका छोरा अम्मरको जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी नायब उपरीक्षक पुरुषोत्तम प्रसाद पाण्डेले खबरदृष्टिलाई जानकारी दिए।

उक्त आगलागीबाट घर पुर्ण रुपमा जली घर भित्र रहेको अन्नपात, भाडा बर्तन, लत्ताकपडा, ८ आनाको सुनको तिलहरी र नगद एक लाख २५ हजार समेत जली नष्ट भएको प्रहरीले जनाएको छ । आगो स्थानीय र प्रहरीको सहयोगमा बिहान ४ बजे पूर्णरुपमा नियन्त्रणमा आएको थियो।

प्रकाशित मिति : २०८१ फागुन २६ गते सोमबार