सुर्खेतको वीरेन्द्रनगरमा अवस्थित जिल्लाकै प्रमुख पर्यटकीय स्थल बुलबुले उद्यानमा शनिबार सरसफाई गरिएको छ ।
वीरेन्द्रनगर नगरपालिका सुर्खेतको आयोजना र विभिन्न संघसंस्थाहरुको समन्वयमा बृहत सरसफाई अभियानको सुर गरिएको आयोजक संस्था वीरेन्द्रनगर नगरपालिकाले जानकारी दिएको छ ।
सरसफाइ कार्यक्रमका प्रमुख अतिथी नेपाल सरकारका पूर्वमन्त्री एवम् सुर्खेत प्रदेश सभा २ (क) का नवनिर्वाचित प्रदेश सभा सदस्य यमलाल कँडेलले औपचारिकतामा रुमल्लिनु भन्दा सिधा कार्यान्वयनमा जानू उचित हुने सुझाव दिए।
एमाले स्थायी कमिटी सदस्य कँडेलले बुल्बुलेकाे बर्तमान अबस्थामा सुुधार ल्याउन नगरपालिकासंगै जिल्ला प्रशासन कार्यालय सुर्खेतले पनि भूमिका खेल्नुपर्नेमा जाेड दिए। उनलेे अपार सम्भावना भएर पनि बुल्बुलेकाे साेचेजस्तै विकास नहुनु दुखद भएको वताए।
कँडेलले बदलिएको अवस्थामा सरोकारवाला निकायहरुले बुलबुले ताललाई दिर्घकालीन साेच राखी रमणीय र आकर्षक बनाउनका लागि विगतका पाठ सिकेर काम गर्नुपर्नेमा जोड दिए।
कार्यक्रमकाे अध्यक्षता गरेकी नगर प्रमुख मोहनमाया ढकालले बुलबुले ताल प्रदेशकै गौरवको पर्यटकिय क्षेत्र रहेकोले यसकाे विकासमा नगरपालिकाले कुनै कसर बाँकी नराख्ने उद्घाेष गरिन। उनलेे आर्थिक पर्यटकिय क्षेत्रको रुपमा बुल्बुलेलाई विकास गर्नुपर्ने वताउँदै नगरपालिकाले सरसफाइ अभियान शुरु गरेको बताईन। उनले भनिन,” यहाँ फोहोर भएछ भनेर टिकाटिप्पणी गर्नुभन्दा यहाँको फोहोर मैले सफा गरे, तपाई छुट्नु भयो कि भनेर साेच्न आग्रह गर्दछु।”
कार्यक्रममा सुर्खेतका प्रमुख जिल्ला अधिकारी छवि रिजाल, सुरक्षा निकायका प्रमुख, खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघका केन्द्रीय उपाध्यक्ष कुलमणि देवकोटा, सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मण कँडेल, सुर्खेत चेम्बरका अध्यक्ष चिन्तामणि शर्मा, वीरेन्द्रनगर नगरपालिकाका उप प्रमुख निलकण्ठ खनाल, प्रमुख, प्रशासकीय अधिकृत नरहरि तिवारी, लायन्स कलवका टिकाराम आचार्य, सरसफाइ अभियान्ता एवम् वालराेग विशेषज्ञ डा नवराज केसी, अभियन्ता एवम् विविसी नेपाली सेवाका प्रकाश पन्त लगायतकाे उपस्थिति थियाे।