२०८२ मंसिर १९ , शुक्रबार

एनपीएल सिजन-२ : रविको उत्कृष्ट ब्याटिङमा चितवनले कर्णालीलाई हरायो



सुर्खेत । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) मा चितवन राइनोजले विजयी सुरुवात गरेको छ । मंगलबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको पहिलाे खेलमा कर्णाली याक्सलाई चार विकेटले पराजित गर्दै चितवनले प्रतियोगितामा सुखद् सुरुवात गरेको हो ।

कर्णालीले दिएको १६७ रनको लक्ष्य चितवनले १९‍.१ ओभरमा ६ विकेट गुमाएर पूरा गर्‍यो । चितवनका लागि रवि बोपाराले अर्धशतकीय इनिङ खेले । उनले ३६ बलमा तीन चौका र तीन छक्काको सहयोगमा ५२ रन बनाए । सैफ जैबसँले १६ बलमा दुई चौका र चार छक्कासहित ३८ रन बनाए ।

ओपनर दीपक बोहराले ३६ बलमा ६ चौका र एक छक्कासहित ४२ रन थपे । यस्तै, कप्तान कुशल मल्लले १५ बलमा दुई छक्कासहित २० रन जोडे । कर्णालीका कप्तान सोमपाल कामीले दुई विकेट लिए । युनिस सिंह, मार्क वाट र युवराज खत्रीले समान एक–एक विकेट हात पारे । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा १६६ रनको योगफल तयार गरेको हो ।

कर्णालीका लागि प्रियांक पन्चालले अर्धशतकीय इनिङ खेले । उनले ४८ बलमा ७ चौका, ६ छक्काको सहयोगमा ९० रन बनाए । यस्तै पवन सर्साफले २७, म्याक्स डोआउडले २०, मार्क वाटले १६ रन बनाए । चितवनका रवि बोपारा, सैफ अली जैब र सोहेल तनभीरले समान एक(एक विकेट लिए ।

प्रकाशित मिति : २०८२ मंसिर २ गते मंगलबार