सुर्खेत । सुर्खेतकाे वीरेन्द्रनगर नगरपालिका–९ अन्तर्गत पर्ने काँक्रेबिहार जंगलमा एक युवक र एक युवती मृत अवस्थामा फेला परेका छन्। आज बिहान करिब ११:२० बजे घाँस काट्न गएको स्थानीयले दुवै जना रुखमा झुण्डिएको अवस्थामा देखेपछि तत्काल प्रहरीलाई खबर गरेका थिए। सूचनाप्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट प्रहरी निरीक्षक राजन भट्टराईको कमाण्डमा पाँच जनाको प्रहरी टोली घटनास्थलतर्फ खटिएको थियो।
घटनास्थलमा पुगेपछि गरिएको प्रारम्भिक पहिचानअनुसार मृतक युवती सुर्खेत वीरेन्द्रनगर–१० खजुरा बस्ने १६ वर्षीया दिपिका चौधरी रहेको र युवक जुम्ला कनकासुन्दरी गाउँपालिका–७ का १८ वर्षीय छोरा नरेश खत्री रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब उपरीक्षक मोहनजंग बुढथापाले जानकारी दिए।
उनकाअनुसार दुवै जनाको पहिचान आफन्तहरूले नै खुलेका हुन्। घटनाको कारण खुल्न बाँकी रहेको र आवश्यक थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।