२०८३ वैशाख २६ , शनिबार

प्रतिनिधि सभा निर्वाचन : जाजरकोटबाट कांग्रेसका ५ जनाको नाम सिफारिस



सुर्खेत । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि जाजरकोटबाट नेपाली कांग्रेसले ५ जनाको नाम सिफारिस गरेको छ। बिहीवार बसेको बैठकले कांग्रेस जाजरकोटले प्रतिनिधिसभाको प्रत्यक्षतर्फ ५ जना र समानुपातिकतर्फ ५ जनाको नाम सिफारिस गरेको हो।

कांग्रेस जाजरकोटका कार्यवाहक सभापति खडक बहादुर बुढाका अनुसार बैठकले प्रतिनिधि सभा प्रत्यक्षतर्फ खडक बहादुर बुढा, मैना कार्की, मुक्ति प्रसाद आचार्य, महेन्द्र बहादुर शाह र रामजंग शाहको नाम सिफारिस गरेको हो।

त्यस्तै, प्रतिनिधि सभा समानुपातिकतर्फ रामछाया शाही, हजारी नेपाली बादी, भुमिलाल रोकाय, जनक बादी र विष्णु गिरीको नाम समावेश गरिएको छ। काव सभापति बुढाका अनुसार बैठकले माघ ११ गते हुने राष्ट्रिय सभा सदस्यको निर्वाचनका लागि दिपकजंग शाह, खम्बजंग शाह र गिता नेपालीलाई सिफारिस गरिएको छ।

प्रकाशित मिति : २०८२ मंसिर २५ गते बिहीबार