
सुर्खेत । सुर्खेतको भेरीगंगा नगरपालिकामा विभिन्न राजनीतिक दल परित्याग गर्दै करिब ३३ जनाभन्दा बढीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गरेका छन्। शुक्रवार भेरीगंगा नगरपालिका–५ मा आयोजना गरिएको कार्यक्रममा नेपाली कांग्रेस र नेकपा एमाले परित्याग गरेका गरी रास्वपामा प्रवेश गरेका हुन्।
रास्वपा नेता टेकबहादुर सिंहका अनुसार नेपाली कांग्रेस परित्याग गरी रास्वपामा प्रवेश गर्नेहरूमा लोकबहादुर वली, खिमबहादुर भण्डारी, मनकुमारी भण्डारी, दिपेन्द्र बुढा मगर, भिमकुमारी वली, निर्मल वली, कुमार पुन, प्रेमबहादुर वली, महेश वली, देविलाल वली, खिमबहादुर आले, लिलबहादुर बराल मगर, विनोद वली, कमलबहादुर घर्ती, जानकी पुन र धिरेन्द्र वली रहेका छन्।
त्यसैगरी, नेकपा एमाले परित्याग गरी रास्वपामा प्रवेश गर्नेहरूमा शेरबहादुर खड्का, रत्नकली खड्का, खगिसरा खत्री, ज्ञानबहादुर खत्री, धनु सुनाम, पूर्णबहादुर खड्का, भिमबहादुर सुनाम, धर्मराज भण्डारी, हस्तबहादुर भण्डारी, गणेश वली, नन्दबहादुर वली, गोपालजंग भण्डारी, धनबहादुर दमाई, द्रोपता आले, इन्द्रकुमार सुनार, मस्तबहादुर खड्का र ताराकुमार खड्का रहेका छन्।
कार्यक्रममा बोल्दै रास्वपा नेताहरूले वैकल्पिक राजनीतिको आवश्यकता औँल्याउँदै स्थानीय तहबाटै सुशासन र विकासको अभियानलाई सशक्त बनाइने बताएका थिए।