काठमाडौं । आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा एमालेले दाङ निर्वाचन क्षेत्र नम्बर–२ बाट पार्टी महासचिव शंकर पोखरेलको नाम एकल रूपमा सिफारिस गरेको छ।
आज बसेको क्षेत्रीय समन्वय समितिको बैठकले पोखरेलको नाम उम्मेदवारका रूपमा एकल सिफारिस गर्ने निर्णय गरेको हो। दाङ–२ महासचिव पोखरेलको गृह निर्वाचन क्षेत्रसमेत हो।
२०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा पोखरेल यही क्षेत्रबाट नेकपा माओवादी केन्द्रकी रेखा शर्मासँग प्रतिस्पर्धा गर्दै १९६ मतान्तरले पराजित भएका थिए। उक्त निर्वाचनमा रेखा शर्माले २६ हजार ८ सय ७७ मत प्राप्त गर्दा पोखरेल २६ हजार ६ सय ८१ मतमा सीमित भएका थिए।
प्रकाशित मिति : २०८२ पुस २० गते आइतबार