सुर्खेत। सुर्खेतमा ३२ वर्षीया महिलालाई जबर्जस्ती करणी गरेको आरोपमा एक जना पुरुष पक्राउ परेका छन्। पक्राउ पर्नेमा कालिकोटको शुभकालिका गाउँपालिका–२ स्थायी घर भई हाल वीरेन्द्रनगर–३ बस्ने ५९ वर्षीय अनिराम तिमिल्सेना रहेका छन्।
पीडित महिलाले तिमिल्सेनाले आफूलाई जबर्जस्ती करणी गरेको भन्दै प्रहरीमा उजुरी दिएकी थिइन्। प्राप्त उजुरीका आधारमा जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरी टोलीले उनलाई बुधबार दिउँसो पक्राउ गरेको हो।
घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भइरहेको जनाएको छ।
प्रकाशित मिति : २०८२ माघ १ गते बिहीबार