
सुर्खेत । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाका निर्वाचनका लागि आज देशभर उम्मेदवारी दर्ता गरिँदै छ। यसै क्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता रमेश कुमार सापकोटाले सुर्खेत क्षेत्र नम्बर-२ बाट उम्मेदवारी दर्ता गराउँदै छन्।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार सुर्खेत जिल्ला सभापति समेत रहेका सापकोटाले आज दिउँसो २ बजे वीरेन्द्रनगरस्थित निर्वाचन कार्यालयमा उम्मेदवारी दर्ता गर्ने तालिका छ।
प्रकाशित मिति : २०८२ माघ ६ गते मंगलबार