
सुर्खेत । सुर्खेत बहुमुखी क्याम्पसमा आगामी चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियनको चुनावमा नेकपा एमालेको भातृसंगठन अनेरास्ववियु र कांग्रेसको भातृसंगठन नेविसंघले नेतृत्व गरेको विद्यार्थी मोर्चा बीच कडा प्रतिस्पर्धा हुने देखिएको छ। अनेरास्ववियुको तर्फबाट सभापति पदमा अक्कलबहादुर सिजापतिले उम्मेदवारी दर्ता गरेका छन् । बिगतमा विद्यार्थीहरुको आन्दोलनले नै व्यवस्था परिवर्तन गर्ने गर्दथ्यो। महंगी, कालोबजारीका विरुद्ध उनीहरू सडकमा आउने बित्तिकै सरकार पछि हट्थ्यो। तर, अहिले तिनै विद्यार्थी दलिय राजनीतिका कारण सत्तावालाले बचाउ गर्ने र प्रतिपक्षले विरोध मात्रै गर्ने प्रवृत्तिमा रुपान्तरण भएको छ । अझ भनौं विद्यार्थी राजनीति आजभोली नेता अनुकुल हुन थालेको छ । स्वतन्त्र हुनु पर्ने निर्वाचनमा जसरी पनि जितिनु पर्छ भन्ने मनसायले गठवन्धन बनाउनु पर्ने अवस्था सिर्जना भएको छ । नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ, नेकपा माओवादी निकट अखिल क्रान्तिकारीबीच गठवन्धन बनेको छ भने नेकपा एमाले निकट अनेरास्ववियूले एक्लै चुनाव लड्दै छ। अन्य दलका विद्यार्थी संगठनले पनि चुनावी प्रतिस्पर्धा रोजेका छन् । चुनावी मैदानमा होमिएका सुर्खेत बहुमुखी क्याम्पसबाट अनेरास्ववियुको तर्फबाट अध्यक्षमा पदका उम्मेदवार अक्कल सिजापतिसँग उनी निर्वाचित भईसकेपछि सुर्खेत बहुमुखी क्याम्पसमा के परिवर्तन ल्याउँने योजना छन् ? यसै विषयमा उनै सिजापतिसंग गरिएको कुराकानीको सम्पादित अंश
तपाईको उम्मेदवारी किन ?
गुणस्तरीय शिक्षा, भ्रष्टाचार मुक्त,सुर्खेत बहुमुखी क्याम्पसमा भएको कक्षा कोठा छात्रबास जस्ता विभिन्न समस्या समाधान, बहुमुखी क्याम्पसमा हुन नसकेका अपाङ्गमैत्री, महिलामैत्री,शुद्ध खानेपानी, शौचालय, जेहेनदार विद्यार्थीको छात्रवृति, स्वास्थ्य विमा सम्बन्धी उठाएको पैसा असुल्ने कामको पर्दाभास गरी छिट्टै कार्यन्वयनका निम्ती, गुणस्तर शिक्षा, अतिरिक्त क्रियाकलापको सञ्चालन गर्नका लागि मेरो उम्मेदवारी हो ।
अध्यक्ष पदैमै उम्मेदवारी किन ?
अध्यक्ष पद अन्य पद भन्दा महत्वपुर्ण भुमिकामा हुन्छ । अन्य पदले भन्दा धेरै कुरामा अध्यक्ष पद एक चुनौतीको पद हुने भएकाले, आफुले विगतमा पनि सदस्य पदमा उम्म्मेदवारी दिएको सदस्य पदमा सबैभन्दा बढी मतभार विजयको भएको हुँदा धेरैको समस्याको आफुले बुझेको, अनुभव गरेको चुनौतीको सामना गर्न जानेको छु । साथै सबैको हौसला, साथ र मायाको कदरको आत्मसाथ गर्दै मेरो अध्यक्ष पदमा उम्मेदवारी हो ।
सुर्खेत बहुमुखी क्याम्पसमा बारम्बार तालावन्दी हुन्छ । यो समस्या कसरी समाधान हुन्छ ?
सुर्खेत बहुमुखी क्याम्पसमा बारम्बार तालावन्दी हुनु विडम्बना हो । नहुनु पर्थ्यो । तर हामीले विद्यार्थी संगठनले गर्न पुगेका छौँ । त्यो राम्रो होईन् । विश्वविद्यालय तथा क्याम्पसमा भएका सम्पुर्ण काममा समझदारी, क्याम्पसको मनपरी गर्न दिँदैनौ, जतिसक्दो ताला लगाउने वातावरणको अन्त्य गर्छौ । क्याम्पस बन्दरहित, तालाबन्दी, तोडफोड, आगजन जस्ता ध्वंसात्मक क्रियाकलापको विपक्षमा रहने छौ ।
चुनाव जित्छु भन्ने आधार के छन् ?
हेर्नुस म कुनै राजनीतिक दलको कार्यकर्ता भन्दा नि पहिलो त म यस क्याम्पसको विद्यार्थी हुँ । २०७३ सालमा स्ववियु सदस्यमा सबैभन्दा बढी मत ल्याएर जितेदेखि निरन्तर विद्यार्थीको माँझ रही अध्यक्ष पदमा उम्मेदवारी दिए । असंख्य साथीहरुसँग म जोडिएर काम गरेको छु । सांगठनिक हिसावले म कमजोर होला तर ममा एउटा क्षमता चै पक्कै छ । त्यो साथीहरुले बुझ्नु हुन्छ । विद्यार्थीमा भएका अनेकौँ कठिनाई चिर्दै छिचोल्दै भएका समस्यालाई समाधान गर्दै अगाडि बढ्दै आएका छौँ । हामी कुनैपनि विद्यार्थीमा भएका समस्याहरुको समाधानदेखि भईसकेदेखि पनि निरन्तर सम्पर्कमा रहीरहेका हुन्छौँ । विद्यार्थीका समस्याहरु बुझेका कारणले र विगतमा गरेका विभिन्न कामको बारेमा विद्यार्थीहलाई जानकारी भएकाले मलाई चुनाव जित्न सहज छ जस्तो मलाई लाग्छ । र स्ववियुको निर्वाचन जित्ने कुरामा ढुक्क छु ।
स्ववियुको निर्वाचन जितिसकेपछि केके कुराहरु गर्नुहुन्छ ? के छन् तपाईका प्रतिवद्धता ?
विशेष गरी मेरो पहिलो प्राथमिकता भनेको विश्वविद्यालयलाई राजनीतिबाट मुक्त गराई नीतिगत व्यवस्थामा सुधार गर्नु हो । त्यसपछि शान्त एवम भयरहित वातावरणमा प्रविधियूक्त गुणस्तरीय शिक्षामा जोड दिनु हो । मैले अगाडि सारेका प्रतिवद्धताहरु विद्यार्थी मैत्री छन्, छात्रामैत्री छन, प्राध्यापकमैत्री मात्रै नभई सिंगो विद्यालयमैत्री छन् । साना साना कुराको सुधार गरेमात्रै हामी आफ्नो लक्ष्यमा पुग्न सक्छौं भन्ने मेरो मान्यता हो । मेरा विभिन्न प्रतिवद्धताहरु संक्षेपमा यस अनुसार छन् ।
३) Scientific Academic Calendar & its Strong Implementation
(४) विद्यार्थीको फर्म, भर्ना र रिजल्ट अनलाइनबाट ।
(५) शान्त, सफा र सुन्दर शिक्षालय, प्राज्ञिक वातावरण, प्रविधिमैत्री कक्षा कोठा ।
(६) मौलिक प्राकृतिक स्रोतमुखी उद्यम स्व–रोजगारमुखी शिक्षा प्रणाली । (७) नेपाली मौलिक संस्कृतिको रक्षा राष्ट्रिय स्वाधीनता र स्वाभिमानको पहरा निर्माण र सिर्जनाको बाटोमा विद्यार्थी आन्दोलन तालाबन्दी रहित विश्वविद्यालय ।
(८) स्वस्थ प्रतिस्पर्धाबाट दक्ष र सम्मानित विश्वविद्यालयको नेतृत्व ।
(९) मेडिकल शिक्षामा सर्वसाधारणको पहुँच ।
(१०) नेपाल संस्कृत विश्वविद्यालयः पूर्वीय दर्शन, संस्कृत भाषा र आयुर्वेद शिक्षा अध्ययनर अनुसन्धानको हब ।
(११) कृषि तथा वन विश्वविद्यालयः कृषि, भेटेरिनरी र वन विषयका दक्ष प्राविधिक जनशक्ति उत्पादनको पर्याय ।
(१२) शिक्षाको विकेन्द्रीकरण मध्य पश्चिम वि. वि. र सुदूर पश्चिम वि.वि. को स्तरोन्नति ।
(१३) लुम्बिनी विश्वविद्यालयः बौद्ध दर्शन मार्फत शैक्षिक पर्यटनको विकास ।
(१४) जहाँ नेपाली विद्यार्थी, त्यहाँ सिकाईको सञ्जाल ।
(१४) पर्यटन उद्योगको लागि पर्यटनलाई सिकाई र उद्यमशीलतामा जोड्ने गरी पर्यटन शिक्षा । (१६)स्ववियुको पहलमा विभिन्न सेवा आयोग (लोक सेवा आयोग, शिक्षक सेवा आयोग तथा विश्वविद्यालय सेवा आयोग) का प्रतिस्पर्धात्मक परीक्षाहरू सम्बन्धी अतिरिक्त कक्षाहरू सञ्चालन गर्ने
थप प्रतिवद्धतापत्र हेर्नुहोस् ।






