सिम्ता बहुमुखी क्याम्पसमा अनेरास्ववियुको प्यानल नै विजयी

खबर दृष्टि
खबरदृष्टि ५ चैत्र २०७९, आईतवार १८:३२

सुर्खेत । सिम्ता गाउँपालिका रहेको सिम्ता बहुमुखी क्याम्पसमा अनेरास्ववियुको प्यानलनै विजयी भएको छ । आइतबार भएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचनमा सिम्ता बहुमुखी क्याम्पसमा अनेरास्ववियुको प्यानलनै विजयी भएको हो । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुको तर्फबाट अध्यक्ष पदमा घनश्याम रेग्मी उम्मेदवार बनेका थिए । उनको पक्षमा ७० मत खसेको हो। ७० मत प्राप्त गरेसँगै रेग्मीको प्यानलको नै विजयी भएको हो ।

यस्तै, ६९ मत प्राप्त गर्दै सचिवमा कृष्ण रावल, कोषाध्यक्षमा शंकर सोनीले ७० मत प्राप्त गरेका छन् । अनेरास्ववियुको सदस्यहरुमा गिता मल्ल, सिर्जना श्रेष्ठ, हिर्माकुमारी रावलले क्रमश ६९, ७२, ७० मत प्राप्त गरेर विजयी भएका छन् । यस्तै, नेपाली कांग्रेस पार्टी निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संगठनबाट अध्यक्ष पदका लागि खगेन्द्र सापकोटा उम्मेदवार बनेका थिए।

उनले जम्मा ६२ मत प्रास्त गरेका छन् । सचिव पदका उम्मेदवार कविता बुढाले ६४ मत, कोषाध्यक्ष पदका उम्मेदवार कल्पना घर्ति मगरले ६३, सदस्य पदका उम्मेदवार कविता मल्लले ५९, चन्द्रलाल करालाले ६० मत र निर्मला योगीले ६३ मत प्राप्त गरेका छन् । यस क्याम्पसमा जम्मा १४९ मतदाता रहेका थिए। भने १३४ मत खसेको थियो ।

Next Post

बर्दियाको जनसेवा बहुमुखी क्याम्पसमा अनेरास्ववियुको प्यानल विजयी

५ चैत्र २०७९, आईतवार १८:३२
बर्दिया। बर्दियाको बारबर्दिया नगरपालिका १० मा रहेको जनसेवा बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको चुनाव अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनले जितेको छ । एमाले निकट अनेरा स्ववियुका उम्मेदवार लक्ष्मी प्रसाद न्यौपानेको नेतृत्वमा प्यानल नै विजयी भएको हो । आज भएको निर्वाचनमा स्ववियु सभापतिमा अनेरास्ववियुका उम्मेदवार न्यौपानेले ७३ मत प्राप्त गरेका […]
October 2025
M T W T F S S
 12345
6789101112
13141516171819
20212223242526
2728293031