सुर्खेत। वीरेन्द्रनगरमा रहेको त्रिभुवन विश्वविद्यालयकाे आंगिक क्याम्पस सुर्खेत बहुमुखी क्याम्पसको मतगणनामा विवाद भएको छ। विवाद पछि गणनास्थलमा बाक्लाेरुपमा सुरक्षाकर्मी परिचालन गरिएको छ।
आईतवार सम्पन्न स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचनको मतगणना साेमवार दिउँसो ११ बजेदेखि सुरु भएको थियाे। नेकपा एमालेकाे भातृसंगठन अनेरास्ववियुले सुरुदेखि नै अग्रता लिएको छ। अहिलेकाे गणनामा कांग्रेस माओवादी भातृसंगठनकाे गठवन्धन झण्डै दाेव्वर मतकाे अन्तरमा पछाडि परेको छ।
अहिलेकाे गणनामा अनेरास्ववियुका अक्कलवहादुर सिंजापतीले ७ सय १३ र वामलाेकतान्त्रिकका हिक्मत शाहीले ३ सय ३६ मत प्राप्त गरेका छन्। अब ३ सय मत जति गणना हुन बाँकी रहेकाे गणनास्थलमा रहेका चक्र शाहीले जानकारी दिए।
जारी गणनामा धादली भएको वाम-लाेकतान्त्रिक गठवन्धनले आराेप लगाएको छ। उनीहरू मतगणना स्थलबाट बाहिरीएका छन्। क्याम्पस प्रशासनकाे आडमा निर्वाचन सुरु भएदेखि नै षड्यन्त्र गरिएको भन्दै स्थगित भएको मतगणना सुरु गरिए मान्य नहुने अनेरास्ववियु क्रान्तिकारीका नेता महेश जिसीले वताए।
तर,अनेरास्ववियुका नेता चक्र शाहीले मतदान देखि गणना गर्दासम्म आफ्नाे संगठनले कुनै धादली नगरेकाे र सत्ताकाे आडमा वाम लाेकतान्त्रिक गठवन्धनले धादलीकाे धेरै प्रयास गरेको प्रतिकृया दिए।
उनलेे गणनामा बसेका कांग्रेस माओवादी निकट विद्यार्थी संगठनका एक व्यक्तिले मतपत्र नै चपाईदिएकाे वताए। वामलाेकतान्त्रिक टिमले मतपत्र खाेस्न हुलहुज्जत गर्ने प्रयास गरिरहेकाे उनकाे भनाइ छ।