२०८३ वैशाख २७ , आइतबार

सुर्खेत बहुमुखी क्याम्पसमा अनेरास्वियुकाे पुरै प्यानल विजयी



सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा रहेकाे सुर्खेत बहुमुखी क्यामपसकाे स्ववियू निर्वाचनमा एमाले निकट अनेरास्वियुकाे पुरै प्यानल विजयी भएकाे छ ।

 

गएराती सम्पन्न मतगणनामा अनेरास्ववियुकाे अध्यक्ष पदका उम्मेदवार अक्कलबहादुर सिजापतीले गठबन्धनका उम्मेदवार आफ्ना प्रतिद्वन्द्वी हिक्मत शाहीलाई ४७९ काे मतान्तरले पराजित गरेका हुन्।

सिजापतिले ९ सय ६७ मत प्राप्त गरेका थिए भने अध्यक्षका अर्का प्रतिस्पर्धी हिक्मत शाहीले ४८८ मत प्राप्त गरेका छन्। त्यस्तै सचिवमा अनेरास्वियुकै भवानी ढकाल ९०४ र कोषाध्यक्षमा ललित राना ७७० मत प्राप्त गरि विजयी भएका छन् ।

यहाँ १६८१ मत खसेकाे थियाे । मध्यपश्चिम विश्वविध्यालयकाे केन्द्रीय क्याम्पसमा भने विवादका कारण निर्वाचन राेकिएकाे छ।

सदस्यहरु :-
१) भरत शाही ८५४
२) राधा रिजाल ८५९
३) गगन आले ८८४
४) जुद्द रोकाय ८८८
५) दिपेन्द्र शाही ८३०
६) महेन्द्र खड्का ७९३
७) निरा जैशी ८५०
८) अशोक बराल ८६९

प्रकाशित मिति : २०७९ चैत ७ गते मंगलबार