
सुर्खेत । नेकपा माओवादी केन्द्र कर्णाली प्रदेश कमिटीका सदस्य गंगाराम चनारा नेकपा एमालेमा प्रवेश गरेका छन् । पार्टी प्रवेशका क्रममा चनाराले देशलाई समृद्धिको दिशामा अघि बढाउन एमालेमा प्रवेश गरेको प्रतिक्रिया दिएका छन् ।
देशलाई विकास र समृद्धि दिनसक्ने पार्टी एमाले भएको बताउँदै उनले पार्टीले जस्तोसुकै जिम्मेवारी दिए पनि आफूले पुरा गर्ने प्रतिवद्धता जनाएका छन् । चनारासहित रूकुम पश्चिमका केही माओवादी नेताहरू पनि एमालेमा प्रवेश गरेका छन् ।
जसमा गणेश बिक, सुनिता चनारा, गोरख बिक, तिलक बस्नेत, मीना मल्ल बस्नेत, हरिप्रसाद शर्मा, कपिल बिक, असल क्षेत्री, डिल्लीराज शर्मा, शिव रसाइलीलगायत माओवादी छाडेर एमालेमा प्रवेश गरेका हुन् । उनीहरूलाई एमाले महासचिव शंकर पोखरेलले पार्टीमा स्वागत गरेका थिए ।
प्रकाशित मिति : २०७९ चैत ८ गते बुधबार