
रुकुम पश्चिम । रुकुम पश्चिममको बाफिकोट गाउँपालिकामा नेपाली कांग्रेस निकट नेपाल दलित संघका गाउँपालिका उपाध्यक्ष नरबहादुर दमाईसहित ४ जना नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । दमाईसहित नेपाली कांग्रेसका स्थानीय कार्यकर्ता मिना परियार, ललिता परियार र रति दमाई माओवादी केन्द्रमा प्रवेश गरेको माओवादी केन्द्रका वडा नं ९ का अध्यक्ष बालाराम देवकोटाले जानकारी दिए ।
माओवादी केन्द्र विकासप्रेमी पार्टी भएको र कसैको प्रलोभनमा नपर्ने पार्टी भएको भन्दै पार्टी प्रवेश गरेको नरबहादुरको भनाइ छ । उनीहरुलाई माओवादी केन्द्रका प्रदेश कमिटी सदस्य तथा पूर्वगाउँपालिका अध्यक्ष धर्मबहादुर केसी, अर्का प्रदेश कमिटी सदस्य कलबहादुर नाथ, नेकपा माओवादी केन्द्र बाफिकोट गाउँपालिकाका अध्यक्ष चन्द्रबहादुर केसीलगायतले अबिर र मालाले स्वागत गरेको देवकोटाले जानकारी दिए ।
प्रकाशित मिति : २०७९ चैत २१ गते मंगलबार