
चितवन । चितवन क्षेत्र नं २ को उपनिर्वाचनको मतगणना शुरु भएको छ । इच्छाकfमना गाउँपालिकाको मतपेटिका खोलेर मतगणना शुरु गरिएको हो । सोमबार दिउँसो १ बजेदेखि सुरु हुने भनिएको मतगणना केही ढिलागरी सुरु भएको हो ।
चितवनमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, नेकपा एमालेका रामप्रसाद न्यौपाने र नेपाली कांग्रेसका जितनारायण श्रेष्ठ चुनावी मैदानमा छन् ।
यसअघिको निर्वाचनमा स्वतन्त्र पार्टीका सभापति लामिछाने भारी मतान्तरले चितवन-२ मा विजयी भएको थिए । नागरिकता विवादपछि सर्वोच्च अदालतले सभापति लामिछानेको सांसद पद खारेज गरेपछि आइतबार उपनिर्वाचन भएको हो ।
प्रकाशित मिति : २०८० वैशाख ११ गते सोमबार