
सुर्खेत । कर्णाली प्रदेशको चालु अधिवेशन आइतवार राति १२ बजेदेखि अन्त्य भएको छ । कर्णाली प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख तिलक परियारले संविधानको धारा १८३ को उपधारा २ बमोजिम आइतबार राति १२ बजेदेखि अधिवेशन अन्त्य गरेका हुन् ।
आइतबार दिउँसो नै बसेको मन्त्रिपरिषद्को बैठकले अधिवेशन अन्त्य गर्ने निर्णय गरी मुख्यमन्त्री राजकुमार शर्माले प्रदेश प्रमुख समक्ष सिफारिस पत्र बुझाएका थिए । चालु अधिवेशन अन्तर्गत अहिलेसम्म १५ वटा बैठक बसेका थिए ।
प्रकाशित मिति : २०८० वैशाख १७ गते आइतबार