२०८३ वैशाख २७ , आइतबार

रवि लामिछाने र सिके राउतबीच भेटवार्ता



रवि लामिछाने र सिके राउत

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारमा सहभागी हुुन राष्ट्रिय स्वतन्त्र पार्टी र जनमत पार्टीलाई आग्रह गरेसँगै दुई नयाँ राजनीतिक शक्तिहरु एक आपसमा भेट गरेका छन् ।

 

मंगलबार राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने र जनमत पार्टीका अध्यक्ष डा. सीके राउतबीच भेट भएको हो । उनीहरुबीच पछिल्लो राजनीतिक घटनाक्रममा विषयमा छलफल भएको बताइएको छ ।

 

रास्वपाले आफ्नो फेसबुक पेजमा दुई नेताहरुको तस्विर सार्वजनिक गरेको छ र भनिएको छ ‘नयाँ शक्तिहरुबीचको सौहार्दता स् नयाँ र केही गरौं भन्दै नेपालको राजनीतिमा उदाएका नयाँ शक्तिहरूबीच हार्दिकता र स्वच्छ प्रतिस्पर्धा आजको आवश्यकता हो ।’

 

सत्ता गठबन्धनमा रहेको जनमत पार्टी अहिले मन्त्री फिर्ता बोलाएर बसेको छ भने रास्वपाले प्रचण्ड सरकारमाथिको समर्थन के गर्छ भन्ने चासोका बीच दुई नेताबीचको भेटलाई अर्थपूर्णरूपमा लिइएको छ ।

प्रकाशित मिति : २०८० वैशाख १९ गते मंगलबार