२०८३ वैशाख २७ , आइतबार

जाजरकोटमा आगो निभाउने क्रममा जलेर सामुदायिक वनका अध्यक्षको मृत्यु



जाजरकोट । जाजरकोटमा आगो निभाउने क्रममा जलेर एक जनाको मृत्यु भएको छ । भेरी नगरपालिका–७ मा बिहिवार दिउँसो आगो निभाउने क्रममा जलेर पातिहाल्न सामुदायिक वनका अध्यक्ष दलजित कार्कीको मृत्यु भएको हो ।

 

सामुदायिक वनमा आगो निभाउन खोज्दा जलेर घाइते भएका कार्कीको उपचारका लागि अस्पताल लैजाने तयारी गर्दै गर्दा मृत्यु भएको भेरी नगरपालिका ७ का वडाध्यक्ष दीपबहादुर शाहीले जानकारी दिए । गाउँलेहरुको प्रयासमा डढेलो गएराति निभाइएको छ ।

प्रकाशित मिति : २०८० वैशाख २९ गते शुक्रबार