२०८३ जेठ २४ , आइतबार

वीरेन्द्रनगरकाे अशाेकामा अब राेज म:म



सुर्खेत । सुर्खेतमै पहिलोपटक राेज म:म सुरु गरिएको छ। वीरेन्द्रनगर १० बुल्बुले नजिक रहेको अशोका हाेटलले राेज मःम बिक्रीवितरणका लागि तयार पारेकाे हाे।

ग्राहककाे चाहनालाई मध्यनजर गर्दै सुर्खेतमा पहिलोपटक राेज म:मका साथै फिस र काेदाे म:म पनि बनाउन सुरु गरिएको हाेटलका प्रवन्धक दिपकराज जैसीले जानकारी दिए। वीरेन्द्रनगरकाे शान्तिनगरमा रहेको अशाेका अर्गानिक हाेटलमासमेत मटन, चिकेन, फिस लगायतको “वार्वेक्यू” सेवा उपलब्ध भैरहेकाे उनको भनाइ छ।

हाेटलमा आफ्नै कृषि फर्मबाट उत्पादन गरिएको अर्गानिक तरकारी र कर्णाली प्रदेशमा उत्पादन हुने चिनाे, कागुनाे, मार्सी, फापर, काेदाे, मकै, सिस्नाेलगायतका खाद्यान्नहरु उपलब्ध हुने जैसीले जानकारी दिए। ग्राहकले खाेजेकाे स्वस्थकर खाना/नास्ता १५ मिनेटभित्रै उपलब्ध हुने उनलेे वताए।

खासगरी युवा पुस्ताले मन पराउने विभिन्न प्रकारका म:म, चाउमिन, पिज्जा, बर्गरलगायतका खाजा नास्ताका साथै परम्परागत खाना (अर्गानिक) नास्ता अर्डरअनुसार उपलब्ध हुने उनकाे भनाइ छ।

प्रकाशित मिति : २०८० मंसिर १७ गते आइतबार