२०८३ जेठ २७ , बुधबार

अहिलेको सरकारलाई जनताले रुचाएका छन् : देव गुरुङ



rukum

रुकुम पश्चिम । नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले अहिलेको सरकारलाई जनताले रुचाएको बताएका छन् । सोमवार रुकुम पश्चिममा प्रेस सेन्टर नेपालले गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

उनले भने ‘अहिलेको सरकार साढे तीन वर्ष नै टिक्छ । यो सरकार ढाल्नलाई धेरै प्रयास भइरहेका छन् । तर त्यो काम सफल हुन सक्दैन । यो सरकारलाई जनताले रुचाएका छन् । सरकारले पनि जनमुखि काम गर्दै आएको छ’

उनले अहिलेको गठबन्धन साढे तीन वर्षसम्म जाने कुरामा कुनै पनि शंका नभएको समेत बताए । उनले नेपालमा रहेका कम्युनिष्ट विचारधारा बोकेका राजनीतिक दलको एकता आजको आवश्यकता रहेको बताए ।

उनले जनताले पनि माओवादी घटक एक भएको हेर्न चाहेको बताए ।नेपालमा रहेका कम्युनिष्टमा वैचारिक कुरामा केही नमिले जस्तो देखिए पनि ती कुरालाई मिलाउन सकिने महासचिव गुरुङको भनाइ थियो ।

प्रकाशित मिति : २०८० मंसिर १८ गते सोमबार