
सुर्खेत ३ जेठ
‘अपराधीको नाइकेलाई लखेटौु भन्दै अनेरास्वविय’ ले कर्णाली प्रदेशमा फ्लोर क्रस गरेका नेकपा एमालेका पूर्व केन्द्रीय सदस्य प्रकाश ज्वालासहित एमालेवाट प्रदेश सभामा निर्वाचित अम्मरवहादुर थापा, नन्दसिं वुढा, कुर्मराज शाहीविरुद्धमा अभियान चलाउने भएको छ।
अनेरास्ववियुका केन्द्रीय सदस्य तपेन्द्र क्षेत्रीले आज एक फेसवुक स्टाटस लेख्दै पार्टीका लाखौं कार्यकर्ताहरुको त्याग, बलिदान, समर्पण र जनताको अभिमतको जगमा निर्मित आफुहरुको पार्टी नेकपा (एमाले) लाई गधाको बच्चाले दुध चुसिसकेपछी आमालाई लात्तीले हानेझै गरि फ्लोर क्रस जस्तो गम्भीर अपराध गरेको ठोकुवा गरेका छन्।
उनले पार्टीले हुर्काएर नेता बनाएहरुले पैसा र पदका लागि आफुहरुलाई लिलाम गरेको आरोप लगाएका छन्। उनीहरूको कामले सिङ्गो पार्टी र कर्णालीवासी जनताको अभिमत माथि गद्धारी भएको र कुनैपनि मुल्यमा उनीहरुले गरेको काम माफी योग्य नभएको उल्लेख गरेका छन।
उनीहरूले आफुले गरेको अपराधको गल्ती महसुस नगरी उल्टै ठूलै युद्ध जिते जसरी बिरोधी पार्टीको संरक्षणमा, सरकारी स्रोत र साधनहरुको चरम दुरुपयोग गर्दै राजधानी वीरेन्द्रनगरमा बसेर निर्लज्ज, निर्धक्कसंग एमाले पार्टी विरोधी गतिविधि चलाईरहेको क्षेत्रीको आरोप छ।
केन्द्रीय सदस्य क्षेत्रीले यस्तो विषम परिस्थितिमा उनीहरूलाई नखेदेसम्म कर्णालीमा पार्टी विरोधी गतिविधि नरोकिने भएकाले उनीहरूलाई वीरेन्द्रनगरवाट खेद्ने अभियान सुरु गर्न अनेरास्ववियुले योजना वनाईरहेको खवरदृष्टिलाई वताएका छन् ।
गत वैशाख ३ गते कर्णाली प्रदेश सभामा मुख्यमन्त्री महेन्द्रवहादुर शाहीले मागेको विश्वासको मतको पक्षमा पार्टी ह्वीप उलङ्घन गर्दै एमालेवाट निर्वाचित प्रकाश ज्वाला, नन्दसिं वुढा, कुर्मराज शाही र अम्मरवहादुर थापाले शाहीको पक्षमा मतदान गरेका थिए। पार्टी ह्वीप उलङ्घन गरेको भन्दै उनीहरूलाई पार्टी सदस्यता र प्रदेश सभावाट समेत हटाईसकिएको छ।
एमालेले उनीहरूलाई साधारण सदस्यवाटै निकाला गरेपनि ज्वाला सुर्खेतमा वसेर महेन्द्रवहादुर शाहीको सत्ताको पहरेदार वन्दै एमाले विरोधी गतिविधि वढाईरहेको एमाले कार्यकर्ताहरुको आम वुझाई रहेको छ। वाँकी ३ जना वुढा, शाही र थापा प्रदेश सरकारका मन्त्री वनेका छन्।