सुर्खेत । प्रधानमन्त्री कप महिला टी–२० प्रतियोगितामा मधेश प्रदेशसँग ७८ रनले पराजित हुँदै कर्णाली जितविहीन हुँदै प्रतियोगिता अन्त्य गरेको छ । मधेशको जितमा पूजा महतोले अलराउन्डर प्रदर्शन गरिन् । ब्याटिङमा ४९ रन बनाएकी उनले बलिङमा ४ विकेट लिइन् ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको मधेशले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ९९ रन बनाएको थियो । १०० रनको लक्ष्य पछ्याएको कर्णाली ९.३ ओभरमा २१ रनमा अलआउट भयो ।
कर्णालीका लागि बिना थापाले सर्वाधिक १२ रन बनाउँदा ९ खेलाडी शून्यमा आउट भए । मधेशका लागि पूजा महतोले ४, सरस्वती कुमारी चौधरीले ३, आरती महतोले २ र कविता गौतमले १ विकेट लिए ।
प्रकाशित मिति : २०८० पुस १४ गते शनिबार