२०८३ वैशाख २६ , शनिबार

शेख हसिनाको पार्टीका ८ नेतालाई आन्दोलनकारीले जिउँदै जलाए



काठमाडौं । बंगलादेशमा शेख हसिनाको सरकार पतन भएपछि प्रदर्शनकारीहरूको तालिबानी शैलीमा कारबाही गरेको घटना सार्वजनिक भएको छ। प्रदर्शनकारीहरूले जेसोरस्थित अवामी लीगका नेताहरू बसेको एक होटलमा आगो लगाएका थिए ।

सञ्चार माध्यमले जनाएअनुसार आगलागी हुँदा कम्तीमा ८ जनाको मृत्यु भएको छ भने ८४ जना घाइते भएका छन् । होटलका मालिक जेसोर जिल्ला अवामी लिगका महासचिव शाहीन चक्लादार थिए।

सञ्चारमाध्यमलाई उपायुक्त अबरारुल इस्लामले घटनाको पुष्टि गरेका छन् । मृत्यु हुनेमा २० वर्षीय छयन र १९ वर्षीय सेजन हुसेन रहेका छन् । अस्पतालका कर्मचारी हारुन रसिदले त्यहाँ कम्तीमा ८४ जनाको उपचार भइरहेको र अधिकांश विद्यार्थी रहेको बताए ।

आन्दोलन आक्रामक बनेसँगै सोमबार हसिनाले देश छाडेर भागेकी थिइन् । उनले भागेसँगै देशभर आन्दोलनकारीले उत्सव मनाएका थिए । सोही क्रममा आन्दोलनकारीले होटलमा आगो लगाएका हुन् । आन्दोलनकारीले अवामी लिगको कार्यालय र नेताहरूको घरमा पनि आक्रमण गरेका थिए ।

प्रकाशित मिति : २०८१ साउन २२ गते मंगलबार