युक्रेनको भुमिमा रूसको दोस्रो दिन पनि ठूलो आक्रमण

खबरदृष्टि सम्वाददाता १२ भाद्र २०८१, बुधबार ०८:४१

रुसले युक्रेनमा ८१ साहेद लडाकु ड्रोन र १० वटा क्रुज र ब्यालेस्टिक मिसाइलले मङ्गलबार राति दुई दिनमा दोस्रो आक्रमण गरेको युक्रेनी वायुसेनाले एक विज्ञप्तिमा जनाएको छ । वायु रक्षाले १६ क्षेत्रमा ६० ड्रोन र पाँच क्रुज मिसाइल खसालेको विज्ञप्तिमा उल्लेख छ । स्थानीय समयानुसार बिहान ९ बजेसम्ममा १० वटा लडाकु ड्रोन युक्रेनी हवाई क्षेत्रमा थिए ।

मध्य युक्रेनी सहर क्रिभी रिहस्थित एक होटलमा भएको आक्रमणमा दुई जनाको ज्यान गएको र पाँच जना घाइते भएको गृह मन्त्रालयले जनाएको छ ।क्षेत्रीय गभर्नर इभान फेदोरोभका अनुसार दक्षिणी सहर जापोरिज्जियामा एक पुरुष र एक महिलाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् ।

पूर्वी खार्किभ क्षेत्रमा दुईवटा पूर्वाधार संरचनामा आक्रमण हुँदा ४१ वर्षीय व्यक्तिको मृत्यु भएको छ भने अन्य पाँच जना घाइते भएका छन् । किएभ सिटी सैन्य प्रशासनका अनुसार लगभग १५ ड्रोन र धेरै केएच–१०१ मिसाइलहरूले युक्रेनी राजधानीलाई निशाना बनाएको तर सबै हवाई लक्ष्यलाई रोकिएको थियो ।

सोमबार रुसले युक्रेनमा द्वन्द्व सुरु भएयताकै सबैभन्दा ठूलो आक्रमणमा एक सय २७ मिसाइल र एक सय नौ लडाकू ड्रोन प्रहार गरेको थियो । युक्रेनको आपत्कालीन राज्य सेवाका अनुसार आक्रमणमा सात जनाको मृत्यु भएको छ भने ४७ जना घाइते भएका छन् ।

Next Post

अमेरिकामा २१ वर्षीया नेपाली युवतीको गोली हानी हत्या

१२ भाद्र २०८१, बुधबार ०८:४१
काठमाडौं । अमेरिकामा एक नेपाली युवतीको गोली हानी हत्या गरिएको छ। सोमबार ह्युस्टनस्थित अपार्टमेण्टमा गोली लागेर मृत अवस्थामा फेला परेकी मुना पाण्डेलाई हत्याराले उनको कोठाभित्रै पसेर गोली हानेको प्रारम्भिक अनुसन्धानबाट पुष्टि भएको छ। ​वेष्ट एअरपोर्ट ब्लुभर्डमा रहेको मुनाको अपार्टमेण्टमा उनी आफैँले राखेको सर्भिलेन्स क्यामेराका भिडियो फुटेजहरू प्रहरीले लगिसकेका छन्। केही […]
October 2024
M T W T F S S
 123456
78910111213
14151617181920
21222324252627
28293031