२०८३ वैशाख २८ , सोमबार

जिल्ला अदालत रुकुममा पुगेर आत्मसर्मण गरेसँगै सांसद केसी कारागार चलान



सुर्खेत । लुम्बिनी प्रदेशसभा सदस्य धनबहादुर केसी कारागार चलान भएका छन् । कीर्ते मुद्दामा दोषी ठहरिएका सांसद केसीलाई आइतबार कारागार चलान गरिएको हो । उनले आइतबार रुकुम पूर्व जिल्ला अदालत पुगेर आत्मसर्मण गरेका थिए ।

३३ वर्ष पहिले धनबहादुरलाई रुकुम जिल्ला अदालतले कीर्ते मुद्दामा दोषी ठहर गर्दै एक वर्ष कैद र दुई हजार जरिवानाको फैसला सुनाएको थियो। श्रीमतीसँगको अंश मुद्दामा प्रदेश सांसद केसीले कीर्ते गरेको अभियोगमा साविक रुकुम जिल्ला अदालतले उनलाई २०४८ साल असार ९ गते दोषी ठहर गरेको थियो ।

सुरुमा १९ दिन थुनामा बसे पनि पछि केसी अदालतको आदेश बमोजिम धरौटी बुझाएर रिहा भएका थिए । पछि अदालतले दोषी ठहर गरेपछि जरिवानाको रकम धरौटीबाट लिइएको भए पनि उनले कैद सजाय भुक्तान गर्न बाँकी नै थियो । उनी गत निर्वाचनमा केसी नेपाली कांग्रेसको तर्फबाट रुकुम पूर्वको प्रदेशसभा क्षेत्र नं १ बाट निर्वाचित भएका थिए ।

प्रकाशित मिति : २०८१ भदौ २३ गते आइतबार