‘ढोग दिया’ शब्दको दुरुपयोग भएकोप्रति आपत्ति, कारबाहीको माग

खबर दृष्टि
खबरदृष्टि सम्वाददाता २० पुष २०८१, शनिबार १२:१०

कञ्चनपुर । ‘ढोग दिया’ शब्दको दुरूपयोग भएकोप्रति देउडा संस्कृति संरक्षण प्रतिष्ठानले आपत्ति जनाएको छ । प्रतिष्ठानका अध्यक्ष ध्रुवबहादुर सिंहले सुदूरपश्चिमको मौलिक संस्कार, भाषा–संस्कृतिलाई होच्याउने खालका गीत सङ्गीतप्रति आपत्ति जनाएका हुन् ।

विज्ञप्ति जारी गर्दै उनले भूगोल विशेष क्षेत्र, सम्प्रदाय, जातजाति तथा समुदायसँग जोडिएको मौलिक कला संस्कृति, परम्परालाई अपमानित गर्ने खालका गीत सङ्गीत प्रसारणमा रोक लगाउनका लागि सम्बन्धित निकायसँग माग गरेका छन् । काली–कर्णालीको मौलिक संस्कार र सभ्यतासँग जोडिएका ओजपूर्ण शब्दहरूलाई शिष्टताको खिल्ली उडाउने र अपहेलित गराउने कार्य तत्काल बन्द हुनुपर्ने उनको भनाइ रहेको छ ।

संस्कृति र परम्परालाई अपमानित गर्ने खालका सामाजिक सञ्जालमा प्रकाशन, प्रसारण हुँदै आएका अपाच्य गीत सङ्गीत तथा विषयवस्तु प्रकाशन प्रसारण गर्ने र तयार गर्नेहरूमाथि उनले कारबाहीको माग गरेका छन् । सुदूरपश्चिम प्रदेशमा मान्यजनको आदर गर्दै खुट्टामा दण्डवत् प्रणाम गरी आर्शीवाद लिने कार्यलाई ढोग दिने भनिन्छ ।

Next Post

सुर्खेती चेली टिका घिमिरेको नयाँ गीत सार्वजनिक (भिडिओसहित)

२० पुष २०८१, शनिबार १२:१०
सुर्खेत । संचारकर्मी तथा गायिका टिका घिमिरेको स्वर रहेको एकल लोक गित गीत ‘बसाई सार माया नमार’ सार्वजनिक भएको छ । शनिवार गीतको भिडिओ ‘खरो मिडिया’ युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो । उक्त गीतको लय, शब्द तथा संगीत संयोजन प्रेमदिप रम्जालीले गरेका छन् । सो गीतको भिडिओमा संचारकर्मी तथा गायिका […]
April 2025
M T W T F S S
 123456
78910111213
14151617181920
21222324252627
282930