अमेरिकामा ‘खतरनाक’ हिमआँधीको चेतावनी, ६ करोड मानिस जोखिममा

खबरदृष्टि सम्वाददाता २२ पुष २०८१, सोमबार ०८:२७

काठमाडौं । अमेरिकामा ‘खतरनाक’ हिमआँधीको चेतावनी दिइएको छ । यसबाट ६ करोड मानिस जोखिममा रहेको भन्दै सरकारले सजगता अपनाउन अनुरोध गरेको छ । यसले गर्दा यतिबेला अमेरिकाका करोडौँ मानिस ‘खतरनाक’ हिमआँधीसँग जुध्न तयारी गरिरहेका छन् । यस आँधीका कारण पछिल्लो दशककै सबैभन्दा बढी हिमपात हुने बताइएको छ ।

अमेरिकाको नेसनल वेदर सर्भिस ९एनडब्लूएस०का अनुसार अमेरिकाको मध्य भागबाट सुरु भएको यो हिमआँधी आगामी दिनमा पूर्वतिर सर्ने छ । यो आँधी आइतबार मध्य अमेरिका र मध्यपश्चिमबाट पूर्वतर्फ सरेर साँझसम्म मध्य एट्लान्टिक क्षेत्रमा पुग्ने अनुमान गरिएको बीबीसीको समाचारमा उल्लेख छ । यसैलाई ध्यानमा राख्दै अहिलेसम्म अमेरिकाका पाँच राज्य केन्टकी, भर्जिनिया, कन्सास, अर्कान्सास र मिसौरीमा आपतकाल घोषणा गरिएको छ ।

यो आँधी अमेरिकाको पूर्वी भागतर्फ सर्ने सम्भावनाका कारण कुल ३० राज्यमा मौसमी चेतावनी जारी गरिएको छ । ‘आँधीका कारण अमेरिकामा सन् २०११ पछिकै सबैभन्दा चिसो समय आउन सक्छ,’ एक्कु वेदरका मौसमविद् डान डेपोडभिनले भने । ट्र्याकिङ वेबसाइट फ्लाइटअवेयरका अनुसार आइतबार अमेरिकामा २ हजारभन्दा बढी उडानहरू ढिलो र १ हजार ५०० रद्द गरिएका थिए । कन्सास सिटी इन्टरनेसनल एयरपोर्टका उडानहरू सबैभन्दा बढी प्रभावित भएका छन् ।

यहाँका ८६ प्रतिशत उडान रद्द भएका छन् । यसका कारण अमेरिकाको मध्य भागमा सामान्य जनजीवन प्रभावित हुन सक्ने मौसमविदले चेतावनी दिएका छन् । यहाँ धेरै ठाउँमा सडक बन्द गरिएको छ र मानिसहरूलाई सवारी चलाउँदा सावधानी अपनाउन भनिएको छ । आँधीका कारण भिजिबिलिटी निकै कम हुन सक्ने चेतावनी दिइएको छ । मौसम विभागका अनुसार यस अवधिमा ४० माइल प्रतिघण्टा (६४ किलोमिटर प्रतिघण्टा) को गतिमा हावा चल्ने छ । मध्य कन्सासका केही भाग आगामी केही दिनमा कडा चिसो अनुभव गर्न सेट गरिएको छ ।

दक्षिण–मध्य कन्सासको प्रमुख सहर विचिटामा रहेको एनडब्लूएस शाखाका अनुसार माइनस २९ डिग्री सेल्सियस र सोभन्दा कम हावा चिसो हुने अनुमान गरिएको छ । सोमबार बिहान सबैभन्दा चिसो हावा रसल र सलिना सहरमा महसुस भएको छ । ल्ध्क् ले यस अवधिमा कम्तिमा १५ इन्च (३८.१ सेन्टिमिटर) हिमपात हुने अनुमान गरेको छ। यो पछिल्लो दशकमा सबैभन्दा ठूलो हिमपात हुनेछ ।एनडब्लूएसले मंगलबार बिहानसम्म आँधी कम हुने जनाएको छ ।

Next Post

बुद्ध एयरको विमान त्रिभुवन विमानस्थलमा आपतकालीन अवतरण

२२ पुष २०८१, सोमबार ०८:२७
काठमाडौं । बुद्ध एयरको विमानमा सोमबार बिहान प्राविधिक समस्या देखिएपछि काठमाडौंमा आपतकालिन अवतरण गरेको छ । विमानस्थल कार्यालयका अनुसार बिहान ११ बजेर १५ मिनेटमा बुद्ध एयरको एआरटी–७२ जहाल (९एन–एजीएस) काठमाडौंमा आपतकालीन अवरण गरेको हो। बुद्ध एयरको जहाज काठमाडौंबाट झापाको भद्रपुरस्थित चन्द्रगढी जाँदै गरेको थियो। आकाशमै जहाजको इन्जिन फेल भएपछि पुनः […]
January 2025
M T W T F S S
 12345
6789101112
13141516171819
20212223242526
2728293031