रेल दुर्घटना : मृत्यु भएका ७ नेपालीका परिवारले भारू साढे ६ लाख पाउने

खबर दृष्टि
खबरदृष्टि सम्वाददाता ११ माघ २०८१, शुक्रबार १२:५७

काठमाडौं । भारतको महाराष्ट्र राज्यमा भएको रेल दुर्घटनामा परी मृत्यु भएका सात नेपालीका परिवारले जनही साढे ६ लाख भारतीय रुपैयाँ (१० लाख ४० हजार रुपैयाँ) पाउने भएका छन् । सबै मृतकका परिवारलाई भारतको केन्द्र सरकारले जनही १ लाख ५० हजार र महाराष्ट्र सरकारले ५ लाख भारू दिने घोषणा गरेका हुन् । केन्द्र सरकारले ५० हजार क्यास तथा बाँकी बैंकमा जम्मा गरिदिने जनाएको छ ।

भारतीय सञ्चारमाध्यमहरूका अनुसार महाराष्ट्रस्थित जलगाउँ जिल्लाको पारधाडे तालुका पाचोरामा बिहीबार साँझ भएको रेल दुर्घटनामा १३ जनाको मृत्यु भएको छ भने दजनौं घाइते भएका छन् । ज्यान गुमाउनेमा सात नेपाली पनि परेका हुन् । यस्तै दुर्घटनामा परी चारजना नेपाली घाइते भएका छन् । मृत्यु हुनेमा अछामका पञ्चदेवल विनायक नगपालिका–४ का नन्दाराम विक, उनकी श्रीमती मैसरा र छोरा हिमु तथा कलबजार नगरपालिका–४ चाल्साकी ६० वर्षीया जयकला कामी र कैलालीको मोहन्याल गाउँपालिका–६ सोल्टाकी ४३ वर्षीया कमला भण्डारी छन् ।

त्यस्तै, डुडुवा, बाँकेका राधेश्याम राध र मधेस प्रदेशको नारायणपुर मात्र ठेगाना खुलेका लच्छिराम पासी छन् । महाराष्ट्र सरकारले शव घरसम्म पुर्याउन निःशुल्क एम्बुलेन्सको व्यवस्था गरिदिएको प्रवासी नेपाली संघ भारत महाराष्ट्र पश्चिम मुम्बई नगर समितिका अध्यक्ष मनीषकुमार भूमिले जानकारी दिए । यसैबीच कैलालीकी कमला भण्डारीको शव नेपाल ल्याउने प्रक्रिया सुरु भएको छ ।

नन्दराम विकसहित उनका परिवारको शव भारतको पुणेमा अन्तिम संस्कार गरिने छ । जयकला कामीको शव अछामको सिउँडी ल्याइने तयारी भएको जनाइएको छ । दुर्घटनामा घाइते भएका मंगलसेनका ह्युजला सावन्त र धर्मबहादुर सावन्त तथा दैलेखका दीपक थापा र मञ्जु परियारको उपचार भइरहेको छ ।

Next Post

निजामती कर्मचारी संगठन भेरीगंगाको अध्यक्षमा भोजप्रसाद चपाई

११ माघ २०८१, शुक्रबार १२:५७
सुर्खेत । नेपाल निजामती कर्मचारी सङ्गठन भेरीगंगा नगर कार्य समितिको तेस्रो अधिवेशन सम्पन्न भएको छ । सो अधिवेशनबाट भोजप्रसाद चपाईको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको छ । नयाँ कार्यसमितिको उपाध्यक्षमा हेमा गुरुङ, कोषाध्यक्षमा प्रताप अधिकारी, र सचिवमा पदम बाह्रघरे चयन भएको नवनिर्वाचित अध्यक्ष चपाईले जानकारी दिए । उनकाअनुसार अन्य […]
April 2025
M T W T F S S
 123456
78910111213
14151617181920
21222324252627
282930