अमेरिकामा यात्रुवाहक विमान र हेलिकोप्टर ठोक्किएर दुर्घटना

खबर दृष्टि
खबरदृष्टि सम्वाददाता १७ माघ २०८१, बिहीबार ०९:५४

काठमाडौं । अमेरिकामा यात्रुवाहक विमान र हेलिकोप्टर ठोक्किएर दुर्घटना भएको छ । एक अमेरिकी एयरलाइन्सको विमान राजधानी वासिङ्टन डीसीको आकाशमा हेलिकोप्टरसँग ठोक्किएर नदीमा खसेको बीबीसीको समाचारमा उल्लेख छ ।

सङ्घीय उड्डयन प्रशासनले दिएको जानकारीअनुसार स्थानीय समय अनुसार राति ९ बजे रेगन वाशिङ्टन राष्ट्रिय विमानस्थल नजिकै पोटोमाक नदीमाथिको आकाशमा दुर्घटना भएको हो । घटनाबारे रेगन विमानस्थलले सामाजिक सञ्जाल एक्समा लेखेको ‘सबै उडान तत्कालका लागि बन्द गरिएका छन् ।’

नेपाली समयअनुसार बिहीबार बिहान वाशिङ्टन डीसीको आपतकालीन उद्धार टोली रेगन राष्ट्रिय विमानस्थलमा पुगेको छ । त्यहाँ एक दर्जन एम्बुलेन्स र दमकल देख्न सकिन्छ । डीसी फायर र ईएमएस विभागले भनेको छ, ‘विमान पोटोम्याक नदीमा दुर्घटनाग्रस्त भएको छ ।

जुन नदी वाशिङ्टन डीसी हुँदै बगेको थियो । फायरबोटहरू नदीमा खोजी कार्य गरिरहेका छन् । विमान र हेलिकोप्टरमा कति यात्रु र चालक दलका सदस्य थिए भन्ने विषय बाहिरिएको छैन ।

Next Post

मौलिक हक कार्यान्वयन गर्न देशको आर्थिक अवस्था सुदृढ हुन आवश्यक : मुख्यमन्त्री कँडेल

१७ माघ २०८१, बिहीबार ०९:५४
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले संविधानमा लेखिएको सबै मौलिक हक कार्यान्वयन गर्न देशको आर्थिक अवस्था सुदृढ हुन आवश्यक रहेको बताएका छन् । आज (बिहीबार) सुर्खेतमा निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) कर्णाली प्रदेशको चौथो अधिवेशनको उद्‌घाटन गर्दै नेपालको संविधानमा धेरै राम्रो र जनताको प्रतिनिधित्व गर्ने कुराहरू लेखिएको […]
April 2025
M T W T F S S
 123456
78910111213
14151617181920
21222324252627
282930