२०८३ कात्तिक २३ , आइतबार

रास्वपा नेतृ प्रियाकुमारी राई एमाले प्रवेश



झापा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उदयपुर चौदण्डीगढी नगरपालिकाका सचिव प्रियाकुमारी राई नेकपा (एमाले) मा प्रवेश गरेकी छिन्।

नेकपा (एमाले) को झापा जिल्ला कमिटीले शनिबार दमकमा आयोजना गरेको जागरणसभामा पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले राईलाई एमालेमा स्वागत गरेका हुन्। राई भूपु सैनिक आवासीय माविका प्रिन्सिपलसमेत हुन्।

प्रकाशित मिति : २०८१ चैत ३० गते शनिबार